News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले न्युकासलमाथि ३-१ को जित निकाल्दै समग्रमा ५-१ को नतिजासहित ईएफएल कपको फाइनलमा पुगेको छ।
- ओमर मारमाउशले दुई गोल गरे भने तिजानी रेइन्डर्सले एक गोल गरे, न्युकासलका एन्थनी एलांगाले एक गोल फर्काए।
- सिटीले फाइनलमा आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
२२ माघ, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस फुटबल लिग (ईएफएल) कपको फाइनलमा पुगेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा न्युकासलमाथि ३-१ को जित निकाल्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा पुगेको हो ।
सिटीको जितमा ओमर मारमाउशले दुई गोल गरे भने तिजानी रेइन्डर्सले एक गोल गरे । न्युकासलका एन्थनी एलांगाले एक गोल गरे ।
मारमाउशले सातौं र २९औं मिनेटमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाएका थिए । ३२औं मिनेटमा रेइन्डर्सले गोल थप्दा सिटी पहिलो हाफमै ३-० ले अघि बढ्यो ।
६२औं मिनेटमा एलांगाले गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । यसअघि सिटीले पहिलो लेगमा २-० को जित निकालेको थियो ।
सिटीले अब उपाधिका लागि आर्सनलसँग खेल्नेछ ।
प्रतिक्रिया 4