+

वार्म अप खेलमा नेपालले क्यानडासँग खेल्दै

२०८२ माघ  २२ गते ८:३३ २०८२ माघ २२ गते ८:३३
वार्म अप खेलमा नेपालले क्यानडासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकपअघिको अन्तिम वार्म अप खेलमा आज क्यानडासँग चेन्नईको एमए चिदाबरम स्टेडियममा सवा १ बजेदेखि खेल्दै छ।
  • नेपालले पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो भने मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ र श्रीलंका 'ए' सँग अभ्यास खेल खेलेको थियो।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुनेछ र नेपालले माघ २५ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

२२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको तयारीस्वरुप अन्तिम वार्म अप खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।

चेन्नईको एमए चिदाबरम स्टेडियममा हुने खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो ।

आजको वार्म अप खेलमा कप्तान रोहित पौडेल नखेल्ने सम्भावना छ । विश्वकपअघि कप्तानहरूसँगको अन्तर्क्रिया कार्यक्रम आज दिउँसो रहेकाले रोहित त्यहाँ उपस्थित हुने बुझिएको छ।

नेपालले त्यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो ।

श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो ।

फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुने टी-२० विश्वकपमा नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ ।

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय