News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बाबेका विकेटकिपर–ब्याटर ब्रेन्डन टेलर आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा पहिलो पटक दुई फरक संस्करणमा खेल्ने विश्वकै पहिलो खेलाडी बन्नेछन्।
- टेलरले सन् २००७ को पहिलो टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध अविजित ६० रन बनाएर जिम्बाबेलाई पाँच विकेटको जित दिलाएका थिए।
- जिम्बाबेले विश्वकपका सबै खेल श्रीलंकामा खेल्नेछ र दोस्रो खेल अस्ट्रेलिया, तेस्रो आयरल्यान्ड र अन्तिम खेल सह–आयोजक श्रीलंकासँग हुनेछ।
२२ माघ, काठमाडौं । जिम्बाबेका अनुभवी विकेटकिपर–ब्याटर ब्रेन्डन टेलर आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ऐतिहासिक कीर्तिमान बनाउने संघारमा छन् ।
सन् २००७ को पहिलो टी–२० विश्वकप र अब हुन लागेको २०२६ को संस्करण दुवैमा खेल्ने उनी विश्वकै पहिलो खेलाडी बन्नेछन् ।
जिम्बाबेले फेब्रुअरी ९ मा ओमानविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्दा ३९ वर्षीय टेलर मैदानमा उत्रिएसँगै यो इतिहास बन्नेछ । उनले यसअघि सन् २००६ मै टी–२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
टेलरले २०१५ मा भारतविरुद्धको एकदिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर २०१७ मा पुनरागमन गर्दै टोलीका नियमित खेलाडी बने ।
उनले अहिलेसम्म ५८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ५६ इनिङ्समा ११८५ रन बनाएका छन्, जसमा एक शतक र छ अर्धशतक समावेश छन् ।
सन् २००७ को टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध अविजित ६० रन बनाउँदै जिम्बाबेलाई पाँच विकेटको ऐतिहासिक जित दिलाउनु टेलरको सम्झनलायक प्रदर्शन मानिन्छ ।
जिम्बाबेले विश्वकपका सबै खेल श्रीलंकामा खेल्नेछ । दोस्रो खेल अस्ट्रेलियासँग, तेस्रो आयरल्यान्डसँग र अन्तिम लिग खेल सह–आयोजक श्रीलंकासँग हुनेछ ।
यसपटकको टी–२० विश्वकप भारतका रोहित शर्मा र विराट कोहलीबिना पहिलो पटक हुँदैछ । रोहितले २०२४ को उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए भने कोहलीले पनि सोही प्रतियोगितापछि टी–२०आई छाडेका थिए ।
प्रतिक्रिया 4