+

वार्म अप खेलमा नेपालले क्यानडालाई हरायो

२०८२ माघ  २२ गते १६:४५ २०८२ माघ २२ गते १६:४५
वार्म अप खेलमा नेपालले क्यानडालाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
  • नेपालले क्यानडाले दिएको १६२ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
  • नेपालले माघ २५ मा टी-२० विश्वकपमा इंग्ल्यान्डसँग पहिलो खेल खेल्ने छ।

२२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ ।

बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाएर रिटायर्ड आउट भए । यस्तै सन्दीप जोराले ४४ अनि गुल्शन झाले ३१ रन बनाए ।

क्यानडाका लागि अजयविर सिंह, जसकरन सिंह तथा साद बिन जफरले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ तथा श्रेयस मोभाले ३९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए ।

नेपालले यसअघि पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो ।

नेपालले त्यसअघि मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँगको दुई अभ्यास खेल जितेको थियो भने श्रीलंकामा श्रीलंका ए‌ सँगको ३ खेलको शृंखलामा २-१ ले पराजित भएको थियो ।

माघ २४ देखि सुरु हुने टी-२० विश्वकपमा‌ नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्ने छ ।

टी-२० विश्वकप छनोट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय