News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा एकल अग्रता कायम गरेको छ।
- मछिन्द्रले ६ खेलमा पाँचौं जित र अपराजित यात्रा कायम राख्दै १६ अंक जोडेको छ।
- लालिगुराँस एसोसिएसनले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ।
२३ माघ, काठमाडौं । मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा शुक्रबार श्री भगवती क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा एकल अग्रता कायम गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले श्री भगवतीलाई २-० ले पराजित गरेको हो । मछिन्द्रको ६ खेलमा यो पाँचौ जित हो र अपराजित यात्रा पनि कायम राखेको छ । लिग लिडर मछिन्द्रले १६ अंक जोडेको छ ।
मछिन्द्रका लागि प्रदीप बुढाथोकीले ५३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै फ्रान्क एन्गे इस्याक एनोहले ५७औं मिनेटमा दोस्रो गोल गरे ।
यसैगरी कास्कीको लालिगुराँस एसोसिएसनले ललितपुरको सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । चौथो जित हात पारेको लालिगुराँस दोस्रो स्थानमा उक्लेको छ ।
लालिगुराँसले ६ खेलबाट ४ जित र २ बराबरी नतसजा निकाल्दै १४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो ।
लालिगुराँसका लागि अब्दुल युसुफ हाउले पहिलो हाफमा दुई गोल गरे । उनले ३५औं र ३८औं मिनेटमा गोल गर्दै पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए ।
सातदोबाटोका सुबास गोलेले ५२औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर यलालिगुराँसका लक्षु थापाले ६६औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।
तस्वीर : एन्फा
प्रतिक्रिया 4