+
+
Shares

मिथ्या सूचना नियन्त्रणमा निर्वाचन आयोग सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १५:२२

२४ माघ, काठमाडौं । निर्वाचन आयोगले मिथ्या सूचना नियन्त्रणका लागि सक्रिय रहेको बताएको छ । आयोगकी सदस्य जानकीकुमारी तुलाधर सामाजिक सञ्जालसँग सम्झौता लगायतका कार्य समेत भएको बताउँछिन् ।

‘मिथ्या सूचना, भ्रामक सूचना, हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने कुरामा आयोग सदैब सचेत रहेको छ’ उनी भन्छिन्, ‘अहिले मात्रै हामीले मेटा, टिकटक लगायतसँग एमओयू गरिरहेका छौं ।’

फेसबुकमा, ह्वाट्स्याप, टिकटकमा आएका गलत सूचनाहरूलाई हटाउनका लागि सम्बन्धित कम्पनीले सहयोग गरेको पनि उनले बताइन् । यसका साथै मिथ्या सूचना कन्ट्रोल गर्न नेपाल प्रहरीको साइबर ब्यूरोको समेत सहयोग लिइएको उनले जानकारी दिइन् ।

‘उपकरणसहितको साइबरब्युरोलाई पनि हामीले यहाँ (आयोगमा) राखेका छौं’ उनी दोहोर्‍याउँछिन्, ‘मिथ्या सूचना नियमन र नियन्त्रण गर्न आयोग सक्रिय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?