२४ माघ, काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टी (गलोपा)का समानुपातिक दुई जना उम्मेदवारसहित ५ जना नेता कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलाका क्रममा पार्टी सभापति गगनकुमार थापा र सोही क्षेत्रका उम्मेदवार रहेका महामन्त्री प्रदीप पौडेलले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा काभ्रे २ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य डा. अल्का सापकोटा र काठमाडौं २ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य नग्मा खरेल छन् ।
यसैगरी, संस्थापक केन्द्रीय सदस्य जगन्नाथ लामिछाने, बुसन केडी प्रसाईं र इन्दिरा खाती सुनार पनि कांग्रेस प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4