Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सुनिल थापाको पार्थिव शरिर चलचित्र विकास बोर्डमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ।
- थापाको शवलाई नर्भिक अस्पतालबाट बोर्डमा लगिएको थियो र अहिले शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ।
- थापाको निधन हृदयघातका कारण ६८ वर्षको उमेरमा शनिबार बिहान भएको थियो।
काठमाडौं । अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरिरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो ।
पाका कलाकारहरू नीर शाह, शम्भुजीत बासकोटादेखि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहित थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरे ।
सो अवसरमा बाजा र सलामीसहित थापालाई बोर्डले सम्मान गरेको थियो । अहिले थापाको शवलाई अन्त्येष्टिको लागि शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ ।
त्यसअघि शवलाई नर्भिक अस्पतालबाट बोर्ड लगिएको थियो । मुम्बईमा रहेका थापाका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्न लागिएको हो । हृदयघातको कारण शनिबार बिहान थापाको ६८ वर्षको उमेरमा निधन भएको थियो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4