+

टी-२० विश्वकप : सहआयोजक श्रीलंकाको विजयी सुरुवात

२०८२ माघ  २६ गते ०:०७ २०८२ माघ २६ गते ०:०७
टी-२० विश्वकप : सहआयोजक श्रीलंकाको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले समूह 'बी' अन्तर्गतको खेलमा आयरल्यान्डलाई २० रनले पराजित गरेको छ।
  • श्रीलंकाका कुसल मेन्डिसले अविजित ५६ र कामिन्दु मेन्डिसले ४४ रन बनाए भने महीश थिक्साना र वानिन्दु हसरंगाले ३-३ विकेट लिए।
  • समूह 'डी' अन्तर्गतको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै १७.५ ओभरमा १८३ रनको लक्ष्य पूरा गरेको छ।

२५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी छँदा १४३ रनमा अलआउट भयो ।

ह्‍यारी टेक्टरले सर्वाधिक ४० रन बनाए । रस अडेयरले ३४ रन बनाए । लोर्कन टकरले २१ रन बनाए ।

श्रीलंकाका लागि महीश थिक्साना र वानिन्दु हसरंगाले ३-३ विकेट लिँदा मथिसा पथिरानाले २ विकेट लिए भने दुशमान्था चमीरा र दुनिथ वेलालगेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । कुसल मेन्डिसले अविजित ५६ रन बनाए भने कामिन्दु मेन्डिसले ४४ रन बनाए ।

आयरल्यान्डका लागि बेरी मेकार्थी र जर्ज डकरेलले २-२ विकेट लिए भने मार्क अडेयर र गारेथ डेलानीले १-१ विकेट लिए ।

आजै भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ पराजित गरेको छ । अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

टिम सेइफर्टले ६५ तथा ग्लेन फिलिप्सले ४२ रन बनाए । मार्क चापमानले २८ रन बनाउँदा डारिल मिचेल २५ अनि कप्तान मिचेल सान्टनर १७ रनमा अविजित रहे ।

त्यसअघि गुल्बादिन नाइबको अर्धशतकमा अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय