२६ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका छन् ।
सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो सभा प्रतिनिधिसभाको प्रति छाया जस्तो नबी छुट्टै पहिचानसहितको प्रबुद्ध सभाको रुपमा काम गर्ने सभा बनिरहोस्’, उनले भने ।
डा. भुसाल २०७६ माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । विगत ६ वर्षमा राष्ट्रिय सभामा रहेर आफूले कानुन निर्माणमा सक्दो भूमिका खेलेको बताए ।
समयमै सभाको बैठक राख्ने, समय तालिका नै बनाएर काम गर्ने, कानुनको कार्यान्वयन मूल्यांकन गर्ने लगायतका सकारात्मक काम हुँदै आएको भनेर उनले यसले आगामी दिनमा समेत निरन्तरता पाउन सक्नुपर्ने बताएका छन् ।
‘कानुन निर्माणमा सकारात्मक काम भएका छन् । विभिन्न मानकहरू स्थापित भएका छन्’, उनले भने, ‘कर्मचारीतन्त्रमा पुरानै ढाँचालाई निरन्तरता दिने प्रवृति छ । यसलाई नकारात्मक रुपमा लिएको छु ।’
प्रतिक्रिया 4