+
+
Shares

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ : आईजीपी कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १५:३७

२६ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन  गर्न लागेको बताएका छन् ।

सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ ।

सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए ।

‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो । कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शुन्यता हुन्छ,’ उनले भने ।

प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरूले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए ।

‘राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूको धर्मको रुपमा आत्मसात हुनका लागि पनि यो आजको अन्तरक्रियात्मक कार्यक्रमले एउटा मार्गदर्शन तयार गर्नेछ भन्ने हाम्रो स्वभाविक अपेक्षा छ,’ आईजीपी कार्कीले भने, ‘यस किसिमका गतिविधि, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले पनि अव एउटा एआई र एडभान्स एनालेटिक सेल बनाएर काम गर्नु पर्छ भन्ने तर्फको निचोडमा हामी पुग्ने अवस्थामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?