+
+
Shares

जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १७:३४

२६ माघ, काठमाडौं । सरकार जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको हो ।

‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?