+
+
Shares

‘इन्डो प्यासिफिक कमाण्ड’का कमाण्डर पापारो नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १५:२२

२८ माघ, काठमाडौं । युनाइटेड स्टेटस इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपाल आउने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रम बमोजिम पापारोसहितको टोली विशेष विमानद्धारा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका हुन् । भोलि बिहीबार पापारोको टोली नेपाल आइपुग्ने बताइएको छ ।

२ फागुनसम्म हुने नियमित भ्रमणका दौरानले पापारोले औपचारिक भेटघाट गर्नुका साथै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने जंगी अड्डाले बताएको छ ।

यस प्रकारको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग र विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?