२८ माघ, काठमाडौं । कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नपाइने व्यवस्था छ । निर्वाचन आचारसंहिता २०८२ को दफा ४ मा मतदताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने भनिएको छ ।
अन्यथा, मतदानको गोपनीयता भंग गरे कारबाही हुनेछ । निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतदाताले मत संकेत गरिसकेपछि अरुलाई देखाउन नपाइने व्यवस्था छ ।
मतदानको गोप्य स्थलभन्दा बाहिर गएर मत संकेत गर्न पनि पाइँदैन । आफूले कसलाई मत दिएको भनेर सार्वजनिक गर्न नहुने व्यवस्था पनि छ ।
यस्तो कार्य गरेको अवस्थामा सम्बन्धित व्यक्तिलाई मतदान अधिकृतले १५ हजारसम्म जरिवाना गर्न सक्छन् ।
निर्वाचनमा संलग्न निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी, अनुगमनकर्ता, सुरक्षाकर्मी वा निर्वाचन कार्यमा संलग्न कुनै पनि व्यक्तिले गोपनियताको भंग गर्न हुँदैन । यस्तो कार्य गरेको खण्डमा २५ हजारसम्म जरिवाना हुन सक्नेछ ।
साथै, निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीको अकमा गोपनियता भंग गरेको अवस्थामा सम्बन्धित सेवा सम्बन्धी ऐन अनुसार समेत कारबाही हुनेछ ।

प्रतिक्रिया 4