+
+
Shares

डाँका र ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त १० वर्षपछि समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १९:२६

२८ माघ, काठमाडौं । डाँका र ज्यान मार्ने उद्योगको मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ३९ वर्षीय राकेश भनिने धावा छिरिङ तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

डाँका र ज्यान मार्ने उद्योगको मुद्दामा उनलाई दोलखा जिल्ला अदालतले ४ पुस २०७४ मा १० वर्ष कैद र १ लाख १८९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?