२७ माघ, काठमाडौं । कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भइ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भइ शेषमती नै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये परियार पूर्वआर्मी हुन् । उनी नेपाली सेनाको अन्य दर्जा (परिचर)का पूर्वकर्मचारी रहेको एक अनुसन्धान अधिकृतले बताए ।
बिना बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ३० ग्राम बराबरको बिना बरामद भएको छ ।
पक्राउ परेका अर्का व्यक्ति चन्द दुई मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले बताएको छ ।
१७ मंसिर २०७५ मा प्रहरी वृत्त बालाजुबाट डाँका चोरी मुद्दा दर्ता भएकोमा उनी फरार थिए । त्यस्तै १७ वैशाख २०८१ मा प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुरको मुद्दा दायर भएकोमा त्यो मुद्दामा पनि उनी फरार थिए ।
प्रतिक्रिया 4