२८ माघ, गुल्मी । लागू औषध (गाँजा) मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला धादिङ गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय डिल बहादुर डिमडुङलाई इलाका प्रहरी कार्यालय रिडी, गुल्मीले रुरु गाउँपालिका–२ रुद्रबेनीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले बताए ।
उनलाई १ वर्ष ३ महिना २९ दिन कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट पक्राउ परेका डिमडुङ अदालतमार्फत कास्की जिल्ला कारागारमा थुनामा रहेका थिए ।
जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार भई रुद्रबेनी क्षेत्रमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका डिमडुङलाई सम्बन्धित कारागारमा पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4