+
+
Shares

डोटीमा बन्दुकको छर्रा लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते ८:१५

२९ माघ, डोटी । डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-१ लफडा गाउँका ३० बर्षीय कलम धामीको बुधबार बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गर्ने क्रममा कोठामा राखिएको भरुवा बन्दुक पड्किएर बाँया कन्चटमा छर्रा लागी उनको मृत्यु भएको  हो ।

घटना बारे स्थानीयले राति एक बजेको समयमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली खटिएको घटनास्थल पुगेको थियो।

थप अनुसन्धानको लागि बिहिबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा ६ जनाको टोली फिल्डमा खटिएको छ ।

– रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?