+
+
Shares

युवालाई प्रविधिसँग जोडेर उद्यमशील बनाउँछौं : पुष्पा भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते ९:५९

२९ माघ, अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा संलग्न गराउने योजनाका साथ कांग्रेस यसपटकको निर्वाचनमा होमिएको स्पष्ट पारेकी छिन् ।

सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति कांग्रेसले अघि सारेको उनले दाबी गरिन् । उनले थिपिन्, ‘कांग्रेसको प्राथमिकता भनेको युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु हो ।’

नेपाली कांग्रेस मालारानी गाउँपालिकाले खनदहमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उपसभापति भुसालले युवालाई विदेश पलायन गराउने होइन, स्वदेशमै स्वरोजगार सिर्जना गर्ने नीति नै कांग्रेसको पहिलो प्राथमिकता रहेको उनले बताइन् ।

पूर्वउपसभामुख समेत रहेकी भुसालले २०६४ सालपछि नेपाली कांग्रेसले कुनै पनि समयमा स्पष्ट बहुमतको सरकार बनाउन नसकेको उल्लेख गर्दै त्यसकै कारण जनताका अपेक्षा अनुसारका कामहरू पूरा गर्न कठिनाइ भएको स्वीकार गरिन् । ‘बहुमत नभएकै कारण जनताका धेरै चाहना र मागहरू पूरा हुन सकेनन्’, उनले थपिन् ।

कांग्रेस सधैं लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

-प्रेमनारायण आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?