+
+
Shares

निर्वाचित भए पाउने सेवासुविधा जनताको सेवामा लगाउने उम्मेदवार दवाडीको घोषणा

नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सांसद निर्वाचित भए त्यसबापत सेवा सुविधा जनताको सेवामा लगाउने घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते २०:००

२९ माघ, गोरखा । नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सांसद निर्वाचित भए त्यसबापत सेवा सुविधा जनताको सेवामा लगाउने घोषणा गरेका छन् ।

चुनाव प्रचारप्रसारका क्रममा निर्वाचन क्षेत्रमा घरदैलोमा रहेका उनले आफूले पाउने सेवा सुविधा जिल्लाकै गरिब, विपन्न नागरिकको सेवामा लगाउने घोषणा गरेका हुन् ।

यसअघि विस २०७४ सालमा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट गण्डकी प्रदेशको सांसद निर्वाचित हुँदा दवाडीले पाउने सबै तलब तथा सेवा सुविधा जनताको सेवामा लगाएका थिए । ‘मैले गोरखा क्षेत्र नं २ का जनताको मर्म र भावना बुझेको छु, मैले पाउनुपर्ने सबै सेवा सुविधा जनताकै सेवामा लगाउँछु,’ दवाडीले भने ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार दवाडीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टचार हुन नदिन प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले गोरखाको विकासका लागि निती बनाएरै अगाडि बढ्ने बताए ।

दवाडीले आफ्नो पार्टी सरकारमा रहेको बेलामा सुरु गरिएको स्वास्थ्य विमाको कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?