News Summary
Generated by OK AI. Editorially reviewed.- राजेश हमालको फिल्म \'सिमाना\'ले २०५३ मा प्रदर्शन भई उत्कृष्ट अभिनयका लागि राष्ट्रिय पुरस्कार जितेको थियो।
काठमाडौं । राजेश हमालको उत्कृष्ट फिल्ममध्येको एक हो, ‘सिमाना’ । यो फिल्मबाट हमालले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका थिए ।
वि. सं. २०५३ मा प्रदर्शनमा आएको यो फिल्मले गीत संगीतमा समेत निकै सफलता पनि पायो । ‘उकाली ओराली गर्दै… आफ्नो गाउँ फर्की आएँ…’ बोलको गीत यही फिल्मको हो ।
यो फिल्म लगातार दुई वर्षसम्म चलेको थियो । यो फिल्मबाटै नायिका निस्ता मल्ल, मेलिना मानन्धर, नायक राजेश हमाल, धिरेन शाक्य, सुनील मिश्र र हेमन्त बुढाथोकी आदि चर्चामा आएका थिए ।
फिल्मले ‘बेस्ट अल्बम अफ दि इयर’ समेत जितेको थियो ।
तर, यसका निर्देशक प्रकाश सामयीले २९ वर्षअघि रिलिज भएको फिल्मबारे एउटा सम्झना गरेका छन् ।
उनका अनुसार यो फिल्म प्रदर्शन भइरहेको बखत माओवादी जनयुद्धको प्रभावमा बनेको भनेर सरकारले तत्काल रोक्नू भन्ने आदेश थियो ।
त्यसपछि टीकापुरमा हलमा चल्दै गरेको फिल्म उतारियो । केही रिल काटेर फिल्म पुन: देखाइयो । त्यसबेला पनि हलमा फिल्म हेर्न आउने दर्शकहरू धेरै भए ।
यतिसम्म कि माओवादी लडाकुहरूले समेत लुकीलुकी फिल्म हेरे ।
त्यसरी फिल्म दिनानुदिन चल्दै गयो । संलग्न गरिएको गीत हिट भयो । फिल्म हिट भयो ।
‘हरेक वर्ष फागुन १ आउँछ, माओवादीले आफ्नो दिवस मनाउँछ,’ निर्देशक सायमीले लेखेका छन्, ‘म आफ्नो सिर्जनको सुखदुःखका ती दिन सम्झिन्छु, विसं २०५३ फागुन १…आज फेरि २९ वर्ष पुराना दिन सम्झेँ’
त्यस्तै उनले उक्त फिल्म निर्माणमा सहभागी सबै सहकर्मीहरुलाई बधाई र धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया 4