+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘भ्यालेन्टाइन्स डे’ मा ७ करोडको गुलाफ बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १९:१९

२ फागुन, काठमाडौं । यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँ बराबरको गुलाफको फूल कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ (डच रोज) खपत भएको हो ।

एसोसिएसनका महासचिव हिरामणि शर्माका अनुसार बजारमा एउटा गुलाफको औसत मूल्य १ सय ४० रुपैयाँ कायम भएको थियो । सोही मूल्यका आधारमा हिसाब गर्दा यस वर्षको प्रेम दिवसमा कुल ७ करोड रुपैयाँको आर्थिक कारोबार भएको देखिएको हो ।

मुलुकमा उत्पादन कम हुने भएकाले आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत मागमात्र धान्ने गरेको छ । बाँकी ७० प्रतिशत माग पूरा गर्न भारत लगायत देशबाट गुलाफ आयात गर्नुपर्ने अवस्था छ ।

काठमाडौं उपत्यकासहित पोखरा, चितवन, बुटवल र विराटनगर जस्ता प्रमुख सहरमा गुलाफको खपत सबैभन्दा बढी भएको छ । विशेषगरी युवापुस्ताले प्रेम व्यक्त गर्न गुलाफको प्रयोग गर्ने भएकाले आज फूल पसलहरूमा बिहानैदेखि भीड लागेको थियो ।

व्यवसायीहरूका अनुसार यो कारोबारले नेपालको पुष्प व्यवसायमा ठूलो आर्थिक टेवा पुर्‍याएको छ । यद्यपि, स्वदेशी उत्पादनलाई बढावा दिन सके यस्तो ठूलो धनराशी बाहिरिनबाट जोगाउन सकिने विज्ञहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?