+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जुम्लामा ४ पूर्वमाओवादी नेताहरू चुनावी मैदानमा

नेपाली कम्युनिस्ट पार्टीबाट नरेश भण्डारी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बिर्खबहादुर शाही र भक्तबहादुर रावल स्वतन्त्र उम्मेदवार छन् । यी चारैजना माओवादी पृष्ठभूमिका नेताहरू हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १२:१०
वायाँबाट- नरेश भण्डारी (नेपाली कम्युनिस्ट पार्टी), मनऋषि धिताल (प्रगतिशील लोकतान्त्रिक पार्टी), बिर्खबहादुर शाही (नेपाल कम्युनिस्ट पार्टी माओवादी) र भक्तबहादुर रावल (स्वतन्त्र)

३ फागुन, काठमाडौं । जुम्लामा माओवादी पृष्ठभूमिका नेताहरू नै प्रतिस्पर्धीका रुपमा देखिएका छन् । २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्धमा भूमिगत भएका नेताहरू यसपटक फरक–फरक दलबाट उम्मेदवार छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट नरेश भण्डारी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बिर्खबहादुर शाही र भक्तबहादुर रावल स्वतन्त्र उम्मेदवार छन् । यी चारैजना माओवादी पृष्ठभूमिका नेताहरू हुन् ।

वि.सं २०३५ सालमाजुम्लाको गुठिचौरमा जन्मिएका नरेश भण्डारी संविधानसभा सदस्य हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्यमा विजयी भएका थिए ।

२०७४ सालमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भए । आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी लिए । यसपटक पुन: प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार रहेका मनऋषि धिताल तत्कालीन माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको रापताप र संकटपूर्ण समयमा ‘कलम’लाई हतियार बनाएर परिवर्तनको पक्षमा उभिएका नेता हुन् ।

जनयुद्धताका ‘जनादेश साप्ताहिक’का सम्पादक कृष्ण सेन इच्छुक बेपत्ता पारिए र पछि उनको हत्या भयो । त्यो अवस्थामा धितालले उक्त पत्रिकाको सम्पादकीय जिम्मेवारी सम्हालेका सम्हालेका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीति थालेका धिताल पछिल्लो समयमा नेकपा माओवादी र एकीकृत समाजवादीसहितको एकतामा सहभागी भएनन् । धिताल जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भए । र यही पार्टीबाट उम्मेदवार भएका हुन् ।

तत्कालीन माओवादीबाट बाहिरिएका धिताल जनार्दन शर्माको विश्वास पात्र पनि हुन् । अब उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध नहुनुको कारण चुनाजी नतिजाबाट जवाफ दिनुछ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट उम्मेदवार रहेका बिर्खबहादुर शाही पनि माओवादी पृष्ठभूमिका नेता हुन् । ५४ वर्षीय शाही जुम्लाको हिमा गाउँपालिका धाँचुगाँउ निवासी हुन् ।

स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल ४७ वर्षका भए । जुम्लाको तातोपानी गाउँपालिका निवासी उनी पनि लामो समयसम्म माओवादीमा रहे । सशस्त्र युद्धमै सामेल भएका उनी यसपटक स्वतन्त्र उम्मेदवार छन् ।

यी चारसुहित जुम्लाबाट १० जना उम्मेदवार छन् ।

नेपाली कांग्रेसबाट दीपबहादुर शाही उम्मेदवार छन् । नेकपा एमालेबाट शान्तिलाल महत उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनीता कठायत उम्मेदवार छिन् । यसअघि विघटित प्रतिनिधिसभामा उनी रास्वपाबाटै समानुपातिक सांसद थिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही उम्मेदवार छन् । उनी यसअघि जुम्लाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?