+
+
Shares

कर्णालीकाे विकासमा नयाँ फड्को : नाग्म-गमगढी सडक कालोपत्रे सुरु गर्न बजेट

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेट सुनिश्चित भएको जानकारी दिए । उनका अनुसार हाल ९१ करोड बजेट सुनिश्चित भइसकेको छ ।

विक्रम तिरुवा विक्रम तिरुवा
२०८२ फागुन ३ गते १९:४६

३ फागुन, जुम्ला । जुम्ला र मुगु जिल्ला जोड्ने नाग्म-गमगढी सडकको १५ किलोमिटर सडक कालोपत्रे (पिच) गर्ने कार्य अघि बढ्ने भएको छ । सो सडकको प्रारम्भिक विन्दुबाट १५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि बजेट सुनिश्चित भएपछि निर्माण कार्य अघि बढ्ने भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेट सुनिश्चित भएको जानकारी दिए । उनका अनुसार हाल ९१ करोड बजेट सुनिश्चित भइसकेको छ । ‘९१ करोड सुनिश्चित भइसकेको छ । आवश्यक परे थप बजेट माग गर्छौँ,’ उनले भने ।

नाग्म-गमगढी सडकखण्डमा २०६७/६८ देखि नै गाडी गुड्न थालेको हो । तर, हालसम्म सो सडक कालोपत्रे हुन सकेको थिएन ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य रारासँग जोडिएको यो सडक हरेक निर्वाचनमा चुनावी मुद्दा बन्दै आएपनि हालसम्म कालोपत्रे भने गर्न सबैजसो नेता असफल हुँदै आएका थिए ।

अहिले बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रेको काम सुरु हुन लागेको डिभिजन प्रमुख महतराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?