३ फागुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् ।
झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै क्रममा अध्यक्ष ओलीले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताए ।
‘यस पल्टको चुनाव जलाउने कि बनाउनेहरूबीचको चुनाव हो । देश बनाउने, बचाउने कि देश जलाउनेका बिचको चुनाव हो,’ ओलीले भने ।
आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौंको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उनले आक्रोश पनि पोखे ।
‘धिमाल होमस्टेका लागि पनि ३ करोड बजेट छुट्याइएको थियो, त्यो बजेट पनि मैले छुट्याएको थिए । म सरकारबाट हटेपछि यिनीहरुले काटे,’ ओलीको आरोप छ, ‘अहिले यहाँ चुनावमा केपी ओलीसँग प्रतिष्पर्धा गर्न आउँछु भन्ने मान्छेहरू यिनीहरूकै टिम हो जलाउने पनि र कटाउने पनि । त्यसो भएर यस्ताहरूलाई झुक्किएर पनि बढवा दिनुहुन्न प्रोत्साहित गर्नुहुन्न भन्ने दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ भन्ने मलाई लाग्छ,’
प्रतिक्रिया 4