+
+
Shares

मतपत्र छपाइ अन्तिम चरणमा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भने, ‘बाँकी पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौं, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं, आज ४० दिनमै सकिँदैछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १०:३७

४ फागुन, भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार आज ५ लाख मतपत्र मात्र छाप्न बाँकी छ । ती पाँच लाख मतपत्र बागमती प्रदेशका हुन् । ती आजै छापिसक्ने उनले बताए ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक पौडेलले भने, ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौं, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं, आज ४० दिनमै सकिँदैछ ।’

आज छपाइ सकिएपछि मतपत्र प्याकिङ सकेर बाँकी जिल्लामा ढुवानी गर्ने  जानकारी उनले दिए ।

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?