+
+
Shares

‘द गडफादर’ अभिनेता रोबर्ट डुभालको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडका चर्चित अभिनेता रोबर्ट डुभाल ९५ वर्षको उमेरमा भर्जिनियाको मिडलबर्गस्थित आफ्नै घरमा निधन भएका छन्।
  • डुभालले सन् १९८३ मा फिल्म 'टेन्डर मर्सिज' का लागि अस्कर पुरस्कार जितेका थिए।
  • उनले 'द गडफादर', 'अपोकलिप्स नाउ' लगायतका चर्चित फिल्महरूमा महत्वपूर्ण भूमिका निभाएका थिए।

लस एन्जलस । हलिउडका चर्चित फिल्महरू ‘द गडफादर’ र ‘अपोकलिप्स नाउ’ जस्ता फिल्मका अभिनेता रोबर्ट डुभालको ९५ वर्षको उमेरमा निधन भएको छ ।

‘टेन्डर मर्सिज’ का लागि अस्कर जितेका डुभाल आइतबार भर्जिनियाको मिडलबर्गस्थित आफ्नै घरमा “शान्तिपूर्वक” बितेको उनकी पत्नी लुसियानाको तर्फबाट पीआर एजेन्सीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

‘संसारका लागि उनी अस्कर विजेता अभिनेता, निर्देशक र कथाकार थिए । तर मेरा लागि उनी सबैथोक थिए’ उनले भनिन्, ‘आफ्नो कामप्रतिको उनको लगाव जत्तिकै पात्रप्रतिको गहिरो माया, राम्रो खाना र रमाइलो जमघट मन पराउने स्वभाव थियो ।’

‘गडफादर’ का सह-कलाकार अल पचिनोले पनि श्रद्धाञ्जली दिँदै डुभालसँग काम गर्नु “गौरवको कुरा” भएको बताएका छन् । उनले थपे, ‘उनी जन्मजात कलाकार थिए भन्ने कुरा साँचो हो । अभिनयसँगको उनको सम्बन्ध, बुझाइ र अद्भुत प्रतिभा सधैं सम्झिरहनेछौं । म उनलाई सम्झिरहनेछु ।’

डुभाल आफ्नो करिब ६ दशक लामो करियरमा धेरै प्रभावशाली भूमिकाका लागि चिनिन्थे । जस्तै, फ्रान्सिस फोर्ड कोपोलाको ‘द गडफादर’ र ‘द गडफादर पार्ट २’ मा उनले माफियाको कन्सिलिएरे (सल्लहकार)को भूमिका निभाएका थिए ।

उनले कोपोलाकै भियतनाम युद्धमा आधारित महाकाव्य फिल्म ‘अपोकलिप्स नाउ’ मा पनि कडा स्वभावका सेना अधिकृतको भूमिका गरेका थिए ।

उनको स्क्रिन समय केही मिनेट मात्र भए पनि सन् १९७९ को क्लासिक फिल्ममा उनले बोलेको प्रसिद्ध संवाद- “म बिहान नापामको गन्ध मन पराउँछु’- निकै चर्चित र सम्झनलायक बन्यो । कोपोलाले उनको निधनलाई “ठूलो क्षति” भनेका छन् ।

‘उनी असाध्यै महान अभिनेता थिए र सुरुदेखि नै अमेरिकन जोएट्रोपको महत्वपूर्ण हिस्सा,” कोपोलाले आफ्नो प्रोडक्सन कम्पनीलाई उल्लेख गर्दै इन्स्टाग्राममा जारी वक्तव्यमा भने ।

‘अपोकलिप्स नाउ’ मा उनको पात्र सुरुमा अझ बढी अतिरञ्जित बनाउने योजना थियो, तर डुभालले त्यसलाई संयमित बनाएपछि पात्रको नाम क्याप्टेन कार्नेजबाट परिवर्तन गरी लेफ्टिनेन्ट कर्नेल विलियम किलगोर राखिएको थियो ।

“मैले राम्रो तयारी गरेको थिएँ,” डुभालले २०१५ मा चर्चित टक-शो होस्ट ल्यारी किङसँग भनेका थिए, “मैले गहिरो अध्ययन गरेको थिएँ ।’

सात पटकको अस्करका लागि मनोनयन पाएका डुभालले सन् १९८३ मा ‘टेन्डर मर्सिज’ मा एक समय चर्चामा रहेका तर पछि ओरालो लागेका कन्ट्री गायकको भूमिका निभाएर उत्कृष्ट अभिनेता पुरस्कार जितेका थिए ।

उनका अन्य चर्चित भूमिकामा सन् १९७६ को नेटवर्क मा दादागिरी गर्ने कर्पोरेट अधिकारी, सन् १९७९ को द ग्रेट सान्टिनी मा मरीन अफिसर, साथै १९९० को द ह्यान्डमेड्स टेल र २०१४ को द जज (रोबर्ट डाउनी जुनियरसँग) का पात्रहरू पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?