+
+
Shares

२५० जनालाई अमेरिका पठाउने व्यक्तिविरुद्ध १ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:५६

६ फागुन, काठमाडौं । २५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोप लागेका व्यक्तिविरुद्ध करिब एक अर्ब बराबरको सम्पत्ति शुद्धीकरण  मुद्दा दायर भएको छ ।

मुद्दा दायर हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ घर भएका अमित बस्नेत छन् । उनीहरूविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो ।

ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामध्ये कलबहादुर अहिले डिल्लीबजार कारागारमा छन् । उनलाई इन्टरपोलको सहयोगमा गत भदौमा दुबईबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । उनी मानव बेचबिखन तथा असोर पसारको कसुरमा पुर्पक्षका लागि कारागारमा छन् । अर्का प्रतिवादी अमित भने फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

उनीहरूले २५० जनालाई अवैध तरिकाले अमेरिका पुर्‍याएको र केहीलाई भने अमेरिका पठाउने भन्दै अलपत्र पारी ठगी गरेको आरोप छ । कलबहादुरको विभिन्न बैंकका खाताहरू हेर्दा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ अवैध कारोबार गरेको भेटिएको ब्यूरोका एसपी राजन लिम्बुले बताए ।

अर्का फरार प्रतिवादीको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ अवैध कारोबार भेटिएको प्रहरीको भनाइ छ । उनीहरू दुवैको गरी ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ अवैध कारोबार गरेको भेटिएकाले सोही बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?