+
+
Shares

प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउने ?

शुक्रबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा त्यसबारे मुखै खोले । उनले भने, ‘२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति शुद्धीकरणमा प्रचण्ड र परिवारमाथि अनुसन्धान थालिएपछि माओवादीले अनुसन्धान रोक्न आग्रह गरेको छ।
  • प्रचण्डले नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तलाई प्रधानमन्त्री भेट्न पठाएर सहयोग मागेका थिए।
  • अनन्तले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै अनुसन्धान रोक्नुपर्ने बताएका छन्।

२ कात्तिक, काठमाडौं। सम्पत्ति शुद्धीकरणमा प्रचण्ड र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि माओवादी आत्तिएको छ । गत शुक्रबार नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए । चुनावको विषयमा कुरा हँदा यस्तो आशय प्रसंग पनि निस्केको थियो ।

‘हामी कांग्रेस–एमालेभन्दा फरक हौं, हामी चुनावमा जान खोजिरहेका छौं, तपाईंहरुलाई सहयोग नै गरिरहेका छौं तर हामीलाई जर्बजस्ती कांग्रेस–एमालेतिर धकेल्न खोजियो’ भन्दै उनीहरुले अनुसन्धान रोक्नुपर्ने आशय प्रकट गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा त्यसबारे मुखै खोले । उनले भने, ‘२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने ?’

उनले थपे, ‘हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौं । यस प्रकारका बेठिक प्रवृत्ति हामी स्वीकार्दैनौँ ।’

माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको भन्दै उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आफू प्रधानमन्त्री कार्कीबाट आमन्त्रित भएपछि भेट्न गएको भन्दै सम्पत्ति शुद्दीकरण अनुसन्धानसँग उक्त भेटलाई जोडिएकोमा असन्तोष जनाए । आफ सरकार र दलहरुबीच न्युनतम समझदारी बन्नुपर्ने र देश निर्वाचनतर्फ जाओस् भनेर माओवादी सकारात्मक भूमिका खेल्नेतर्फ अघि बढिसकेको सन्देशसहित गएको भन्दै उनले विषयान्तर नगर्न आग्रह गरे ।

‘चुनावको माहोल बनोस् भन्नेमा हाम्रो कन्सर्न हो राजनीतिक एजेन्डाबाहेक अरु विषयका लागि मैले गएर कुरा उठाउने भन्ने हुँदैन । प्रचण्ड वा परिवारसँग जोडिएका विषयमा छलफल गरेको भन्ने भनाई बेठिक र अनुचित हो’ श्रेष्ठले भने ।

जेनजी आन्दोलनको एउटा मुख्य माग पटक–पटक प्रधानमन्त्री भएका तीन शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने पनि थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण  विभागले अनुसन्धान थालेको छ । खासगरी प्रचण्ड परिवारले विलासी जीवन बिताएको, परिवारका नाममा सम्पत्ति थुपारेको भन्दै आलोचना हुने गरेको छ ।

जेनजीहरुले ‘नेपो बेबी’ भन्दै चलाएको अभियानमा प्रचण्डपुत्री गंगा दाहाल पनि मुख्य तारो थिइन्, जसले महँगो मूल्य पर्ने रोलेक्स ब्राण्डको घडी र गुची ब्राण्डको झोला बोकेको आरोप छ ।

साथै गंगाका पति जीवन आचार्यको पनि अस्वाभाविक सम्पत्ति रहेको भनेर जनताले प्रश्न उठाइरहेका छन् । गठबन्धन फेर्दै पटकपटक प्रधानमन्त्री बनेका प्रचण्डले सरकारमा रहँदा विभिन्न लाइसेन्स वितरणमा भूमिका खेलेको आरोप पनि लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?