६ फागुन, काठमाडौं। लोट्टे अन्तर्गतको चर्चित उत्पादन लोट्टे चोको पाईको बहुप्रतीक्षित ‘लोट्टे चोको पाई खोलौं, कार जितौं’ लक्की ड्र अभियानको अन्तिम चरणका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।
अभियान गत सेप्टेम्बरदेखि डिसेम्बर चार महिनासम्म सञ्चालनमा थियो ।उपभोक्ताले लोट्टे चोको पाईको बक्सभित्र रहेको क्यूआर कोड खल्तीमार्फत स्क्यान गरी वा क्यूआर कोड उल्लेखित युनिक कोड एसएमएस पठाइ सहभागी हुने अवसर पाएका थिए । अभियानमा देशभरिबाट उल्लेखनीय सहभागिता देखिएको थियो ।
अन्तिम लक्की ड्र कार्यक्रम डिसेम्बर ३० मा सम्पन्न भएको थियो, जसको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन मार्फत गरिएको थियो । सोही अवसरमा भाग्यशाली विजेताको नाम सार्वजनिक गरिएको थियो ।
आजको कार्यक्रममा बीजे इन्टरनेसनलका अध्यक्ष विनोद कुँवरले विजेतालाई पुरस्कार प्रदान गरे । अन्तिम लक्की ड्रका विजेताहरू अर्चना नापितले सेरेस मिनी ईभी, कृष्णमाया अधिकारी बास्तोलाले यामाहा रे जेडआर स्कुटर र विनोद भुजेलले आई फोन प्राप्त गरेका छन् ।
कार्यक्रममा अध्यक्ष कुँवरले नेपालमा कोरियाली अग्रणी ब्रान्डका रूपमा स्थापित उत्पादनप्रति उपभोक्ताले देखाएको विश्वास र सक्रिय सहभागिताप्रति धन्यवाद दिए । साथै, आगामी दिनमा पनि यस्तै आकर्षक तथा उपभोक्तामैत्री अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
नेपालमा लोट्टेको आधिकारिक आयातकर्ता बीजे इन्टरनेसनलले उच्च गुणस्तरीय अन्तर्राष्ट्रिय उत्पादन उपलब्ध गराउँदै उपभोक्तामैत्री प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
प्रतिक्रिया 4