+
+
Shares

खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १९:२४

६  फागुन, संखुवासभा । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु पर्ने भएका कारण जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय संखुवासभाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार २९ माघदेखि खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए ।

इन्द्र दल गुल्म खाँदबारीबाट सेनाको टोली कारागार सुरक्षामा आफ्नो प्लाटुन खटाएको हो । यसअघि उक्त कारागारमा नेपाल प्रहरीले सुरक्षा दिँदै आएको थियो  ।

सरकारको निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ ।

यसैबीच निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन  बेश स्थापना गरिसकेको जनाएको छ ।

बुधबारदेखि जिल्लाका १० वटै स्थानीय तहमा नेपाली सेना पुगिसकेको इन्द्र दल गुल्मले जनाएको छ ।

जिल्लामा निर्वाचनका लागि दुई हजार २ सय सुरक्षाकर्मीं खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला कारागारमा १ सय ४७ जना पुरूष, ८ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?