६ फागुन, काठमाडौं । लाजिम्पाटस्थित होटल ले हिमालयको छैटौं तलामा रहेको पान–एसियन फाइन डाइनिङ रेस्टुरेन्ट ‘साके एन्ड फेङ’ ले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ ।
स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यसाथ यो नयाँ मेनु सुरु गरिएको हो ।
साके एन्ड फेङ पान–एसियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो । यसले इनडोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रुम, काराओके रुम र रुफटप स्पेस जस्ता सुविधा प्रदान गर्दै आएको छ । यी सबै सेवा समेटेर निजी कार्यक्रम, सामाजिक जमघट र कर्पोरेट इभेन्टका लागि उपयुक्त वातावरण सिर्जना गरिएको छ ।
नेवारी संस्कृति परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजा तथा विविध परिकारका लागि प्रसिद्ध छ । नेवारी खाजा नेपालको सांस्कृतिक रूपमा समृद्ध परिकारका लागि परिचित छ । यसको स्वाद, मसला, बनाउने तरिका र विविधताका कारण विशेष मानिन्छ । परम्परागत मसला, स्थानीय सामग्री र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको पकाउने शैलीले हरेक परिकारलाई स्वस्थ र स्वादिलो बनाउँछ ।
अब रेस्टुरेन्टका सबै ग्राहकले पान–एसियन फाइन डाइनिङ अनुभवसँगै मौलिक नेवारी स्वादको पनि आनन्द लिन पाउनेछन् । साके एन्ड फेङले गुणस्तरीय सामग्री, परम्परागत विधि र उत्कृष्ट प्रस्तुतीकरण मार्फत नेवारी भोजनलाई विशेषरूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4