७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको भिडियो सन्देशप्रति समर्थन जनाउँदै मुलुकका समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उपयुक्त हुने बताएको छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियामा जानु उचित हुने निर्णय आज बसेको केन्द्रीय पदाधिकारी बैठकले गरेको जानकारी दिए ।
‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो भन्ने अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो। आम जनताको चाहना नै त्यही हो’राप्रपाले भनेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर भएकोले आजको बैठकको अध्यक्षता उपाध्यक्ष बुद्धिमान तामाङले गरेका थिए ।

प्रतिक्रिया 4