+
+
Shares

मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १०:४०

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियानमा छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज सप्तरीमा आमसभा छ । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन्  ।

फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको छ ।

९ गते  शनिबार बारा र पर्सामा बिभिन्न ठाउँमा कोणसभा छ । १० गते  रौतहट र सर्लाही तथा ११ गते धनुषा र महोत्तरीमा राप्रपाको कोणसभाहरू हुनेछन् ।

२१ फागुनको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको समय सुरु भएको हो । राजनीतिक दल र उम्मेदवारले यही फागुन १८ गतेसम्म प्रचारप्रसार गर्न पाउँछन् । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ जना र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ सिटका लागि दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार रहेका छन् । समानुपातिक तर्फ ६३ दलबाट तीन हजार १३५ जना रहेका छन् ।

राप्रपाले समानुपातिकतर्फ ११० जनाकै नाम निर्वाचन आयोगमा बुझाएको छ  । प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ सिटमध्ये १६३ सिटमा उम्मेदवार उठाएको छ । समानुपातिक तर्फ दलले पाएको मतका आधारमा सांसद चुनिन्छन् । प्रत्यक्षतर्फ भने सदर मतमा बढी मत ल्याउने निर्वाचित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?