७ फागुन, काठमाडौं । चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन तयार नभएको विषयमा बोल्दै रवि लामिछानेले प्रश्नको ठेक्का कसैलाई नदिएको टिप्पणी गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रश्नको सामना गर्न नसकेर डिबेटमा भाग लिएन भन्नुपर्दैन । प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ,’ उनले भने, ‘जनताको प्रश्न जनतालाई हामीले जवाफ दिएका छौँ । हर जनतालाई, हर घरमा ।’
उनले रास्वपा बलियो हुँदा लोकतन्त्र अप्ठ्यारो पर्ने भनेर हल्ला फैलाइएको भन्दै थपे, ‘प्रश्नको ठेक्का र लोकतन्त्रको ठेक्का नलिए हुन्छ । विधिको शासन मानेर थिति बसाल्छौँ, गलत गर्न पाइँदैन गलत गर्दैनौँ ।’
प्रतिक्रिया 4