+
+
Shares

झण्डा जलाइएपछि एमालेले भन्यो– अपरिपक्वताको पराकाष्ठा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १३:४६

८ फागुन, दाङ । रास्वपाले अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप एमालेले लगाएको छ । दाङमा विहीबार राति एक समूहले झण्डा जलाइदिएपछि एमालेले सो आरोप लगाएको हो ।

विहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै  एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएको थियो । सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भनेको छ ।

आज एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै झण्डा जलाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संलग्नता रहेको आरोप लगाएका छन् । उनले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको  पराकाष्ठा मात्र हो ।’

उनले अगाडि भनेका छन्, ‘लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुन्छ, अराजक प्रदर्शनबाट होइन । प्रियतावादले तत्काल केही राहत र सहानुभूति त प्राप्त गर्न सकिएला तर त्यसको अन्त्य अत्यन्त दर्दनाक एवं दु:खद हुनेछ ।’

रास्वपाले भने एमालेको झण्डा आफूहरुले नजलाएको जनाएको छ ।

हेर्नुहोस् एमालेको विज्ञप्ति–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?