+
+
Shares

एमाले नेता लालबाबु पण्डित भन्छन्- नचाहेर निर्वाचनमा जानुपर्‍यो, वातावरण तातेको छैन

‘यो फेसबुके पार्टी, सामाजिक सञ्जालभित्रको प्रचार अनि अतृप्त चाहना भएको कुरालाई केही पनि नदेख्ने दिमागी रतन्धो लागेकाहरूसँग केही पनि भन्नु छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १४:५६

८ फागुन, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पण्डितले यस्तो बताएका हुन् ।

‘निर्वाचन जनतामाथि थुपारेको अवस्था छ । नचाहेर पनि निर्वाचनमा जानुपरेको अवस्था छ,’ पण्डितले भने, ‘चिन्ता, असन्तुष्टि पनि त्यत्तिकै छ । तैपनि जनताले आफ्नो मताधिकार प्रयोग गर्ने कुरामा दुईमत छैन ।’

चुनावी वातावरण तातिनुपर्थ्यो त्यति नतातेको उनले टिप्पणी गरे । उनले भने, ‘अझैपनि आशंकाहरू छन् । तैपनि राजनीतिक पार्टीको नेतृत्वमा विभिन्न मतदाताको घरदैलोमा भोट माग्ने क्रम चलिरहेको छ ।’ एमालेका तर्फबाट मोरङ–६ का प्रत्येक घरदैलोमा आफूहरू पुग्ने प्रयासमा रहेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई उनले ‘फेसबुके पार्टी’को संज्ञा दिए । ‘यो फेसबुके पार्टी, सामाजिक सञ्जालभित्रको प्रचार अनि अतृप्त चाहना भएको कुरालाई केही पनि नदेख्ने दिमागी रतन्धो लागेकाहरूसँग केही पनि भन्नु छैन,’ नेता पण्डितले भने ।

भएको नदेख्ने, केही पनि भएको छैन भन्ने, सपनामात्रै देख्ने र विपनामा केही पनि नगर्नेहरूले देश नबनाउने उनले दाबी गरे । जनतासँग सुखदु:खमा सँगसँगै रहेका र व्यवहारबाटै जनतामाझ रहेकाहरूले नै देश बनाउने उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?