८ फागुन, झापा । प्राडोमा गुड्ने केपी शर्मा ओली, अनि सुरुका दिनमा डिफेन्डर गाडीमा गुड्ने बालेन शाहसँग लड्न भनेर धरानबाट खाली खुट्टै झापा आए समीर तामाङ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट माटो चिह्न लिई झापा ५ का लागि उम्मेदवार बनेका समीर आफूलाई उम्मेदवार पनि भन्दैनन् । म हुँ श्रमदाता भन्छन् ।
हुनेखाने र हुँदा खानेको दूरी झापा ५ मा धेरै देखिएकाले धरानबाट खाली खुट्टै यहाँसम्म आइपुगेको उनको तर्क छ ।
समीरमा पनि हर्कको पारा देखिन्छ । मतदाताले उनको शैलीलाई कत्तिको पत्याउँछन् त्यो भने हेर्न बाँकी छ ।
तर आफ्नो उपस्थिति भने समीरले अलिक बेग्लै ढंगले जनाउन थालिसकेका छन् । उनले झापाको एउटा खोलामा बाँसे पुल नै बनाए श्रमदानमार्फत् । हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले झापा ५ मा लड्न उम्मेदवार पठाएका समीर तामाङले अनलाइनखबरसँग यो अन्तर्वार्तामा आफ्ना विचार राखेका छन् ।
उनले श्रमको संस्कृति स्थापित गर्न आफ्नो उम्मेदवारी परेको बताएका छन् ।
अनलाइनखबरका बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता
तस्बिर र भिडियो : चन्द्र आलेमगर
प्रतिक्रिया 4