+
+
Shares

नयाँ भनिएकामा सत्ताको मोह र प्रतिरोधको विचार छ: हर्क साम्पाङ

हर्कले भनेका छन्– नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने हुन्, उनीहरूमा पनि सत्ताको मोह छ, प्रतिशोध साँध्ने विचार छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने दावी गरेका छन्।
  • साम्पाङले सत्ताको मोह र प्रतिशोधको विचार मात्रै रहेको बताएका छन्।
  • उनीहरूले विदेशी डलरबाट पालिएका भ्रष्टहरूलाई अफवाह फैलाउने आरोप लगाएका छन्।

१३ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने रहेको दावी गरेका छन् । उनीहरूमा सत्ताको मोह र प्रतिशोधको विचार मात्र रहेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच लामो छलफलपछि आइतबार बिहान सातबुँदे सम्झौता भएसँगै सामाजिक सञ्जालमार्फत भिडियो प्रतिक्रिया दिँदै साम्पाङले यस्तो बताएका हुन् ।

श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ पार्टी पुरानाजस्तै काम नलाग्ने रहेको उनको दावी छ ।

‘पुराना पनि काम नलाग्ने हुन् । श्रम संस्कृतिबाहेक अहिलेका पनि उस्तै हुन् । कसैसँग यो देशप्रति, जनताप्रति माया छैन,’ उनले भनेका छन्, ‘छ भने सत्ताको कुर्सीसँग माया छ र प्रतिशोध साँध्ने विचार छ । हामीलाई प्रतिशोधको राजनीति चाहिएको होइन ।’

साम्पाङले विदेशी डलरबाट पालिएका र भ्रष्टाचार गरेर कोठामा पैसा थुपारेकाहरूले श्रम संस्कृति पार्टी पनि अरु कुनै दलसँग मिल्छ भनेर अफवाह फैलाइरहेको जिकिर गर्दै कसैसँग नमिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?