News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को फाइनलमा त्रिभुवन आर्मीलाई २-१ ले हराउँदै उपाधि जितेको छ।
- गीता राना र रेनुका नगरकोटेले एपीएफका लागि एक-एक गोल गरे भने आर्मीका जेनिफर रानाले एक गोल फर्काइन्।
- एपीएफले उपाधिसँगै ७ लाख ५० हजार रुपैयाँ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
९ फागुन, काठमाडौं । महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो ।
एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् ।
खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । ६८औं मिनेटमा रेनुकाले अग्रता दोब्बर पारिन् ।
७२औं मिनेटमा जेनिफरले गोल गरेपनि आर्मीलाई पर्याप्त भएन ।
उपाधि विजेता एपीएफले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
फागुन १ देखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।
प्रतिक्रिया 4