News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगा फुटबलमा ओसासुनाले घरेलु मैदानमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको छ।
- ओसासुनाका आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे भने रियलका भिनिसियस जुनियरले गोल फर्काए।
- ओसासुनाले २५ खेलमा ३३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने रियल मड्रिडको ६० अंक छ।
१० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ ।
ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन ।
खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल बराबरीमा ल्याए ।
९०औं मिनेटमा राउलले गोल गरेपछि ओसासुनाले रियलविरुद्ध ३ अंक हासिल गर्न सफल भयो । जितपछि ओसासुना २५ खेलमा ३३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
यस हारले रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको छ ।
रियलको २५ खेलमा ६० अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ५८ अंक छ । बार्सिलोनालाई आज राति हुने खेल जितेर शीर्षस्थानमा आउने मौका छ ।
प्रतिक्रिया 4