+
इंग्लिस प्रिमियर लिग :

सिटीले न्युकासललाई हरायो, शीर्षस्थानको आर्सनलसँग २ अंक मात्र पछाडि

२०८२ फागुन  १० गते ७:४७ २०८२ फागुन १० गते ७:४७
सिटीले न्युकासललाई हरायो, शीर्षस्थानको आर्सनलसँग २ अंक मात्र पछाडि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासललाई २-१ ले पराजित गरेको छ।
  • निक ओ'रिलीले सिटीका लागि दुवै गोल गरे भने लेविस हलले न्युकासलका लागि गोल फर्काए।
  • सिटीले २७ खेलमा ५६ अंक जोडेर दोस्रो स्थानमा रहँदा आर्सनलसँगको अंकदूरी २ मा झरेको छ।

१० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ ।

घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए ।

खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा हलले खेल बराबरीमा ल्याए ।

२७औं मिनेटमा ओ’रिलीले दोस्रो गोल गरेपछि सिटी अग्रतामा आयो । त्यसपछि कुनै गोल भएनन् ।

जितपछि दोस्रो स्थानको सिटीले २७ खेलमा ५६ अंक जोडेको छ र शीर्षस्थानको आर्सनलसँगको अंकदूरी २ मा झारेको छ । आर्सनलको समान खेलबाट ५८ अंक छ ।

पराजित न्युकासल ३६ अंकसहित १०औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग न्युकासल म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय