+

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि सन्दीपले गराए नाम दर्ता

२०८२ फागुन  १० गते ८:३० २०८२ फागुन १० गते ८:३०
‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि सन्दीपले गराए नाम दर्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्यान्डको 'द हन्ड्रेड' क्रिकेट अक्सनका लागि ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका छन्।
  • अक्सनमा १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् र यो मार्च ११ र १२ मा हुँदैछ।
  • सन्दीपले सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्डमा अनुबन्ध भएका थिए तर कुनै खेल खेलेका छैनन्।

१० फागुन, काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् ।

प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् ।

अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र १२ मा हुँदैछ ।

सन्दीप यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्डमा अनुबन्ध भएका थिए । यद्यपी कुनै खेल भने खेलेनन् ।

द हन्ड्रेड सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय