+

राष्ट्रिय लिग फुटबलका खेल आजदेखि फेरि सुरु हुँदै

२०८२ फागुन  १० गते ८:३४ २०८२ फागुन १० गते ८:३४
राष्ट्रिय लिग फुटबलका खेल आजदेखि फेरि सुरु हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलको खेलहरू १० फागुनदेखि एन्फा कम्प्लेक्समा पुनः सुरु हुँदैछन्।
  • आज एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच दिउँसो सवा १२ बजे पहिलो खेल हुनेछ।
  • एपीएफ र न्युरोड टिमले आजको खेल जित्दै शीर्ष स्थानको मछिन्द्र एफसीसँग अंक बराबरी गर्ने अवसर पाएका छन्।

१० फागुन, काठमाडौं । मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् ।

आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ ।

यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुँदैछ ।

एपीएफ र एनआरटीलाई आजको खेल जित्दै शीर्ष स्थानको मछिन्द्र एफसीसँग अंक बराबरी गर्ने अवसर हुनेछ । एपीएफ ५ खेलबाट १३ अंकसहित तेस्रोमा छ भने ६ खेलबाट एपीएफ समान अक रहेको एनआरटी चौथोमा छ ।

शीर्ष स्थानको मछिन्द्रसँगै, लालिगुराँस एसोसिएसन, एपीएफ र त्रिभुवन आर्मी एफसी राष्ट्रिय लिगमा अपराजित छन् ।

मछिन्द्रले लिग ब्रेक हुनुअघि ६ खेलमा ५ जित र १ बराबरीबाट १६ अंक जोड्दै एकल रुपमा अग्रता कायम राखेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्टका शीर्ष चार गरी १७ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय