+
+
Shares

हुम्लावासीलाई नुनको सास्ती (तस्वीरहरू)

नुन किन्न लाइनमा पालो कुरेर बसेकी जैसी भन्छिन्, ‘पहिला चामल किन्न यसरी नै लाइन बस्नुपर्थ्यो, अहिले नुन किन्न लाइनमा बस्नुपर्ने बाध्यता छ ।’

नरजन तामाङ नरजन तामाङ
२०८२ फागुन १० गते १५:२३

१० फागुन, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ लाली गाउँकी पुल्तिसरा जैसी सिमकोट विमानस्थल गेटमा लाइनमा उभिरहेकी थिइन् । अनुदानको नुन किन्न उनी खार्पुनाथ गाउँपालिका-१ को देउखुरी गाउँबाट १ दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएकी हुन् । दिनभरि पैदल हिँडेर आएकी उनलाई ८ प्याकेट नुन लिएर फिर्ता हुन थप एक दिन नै लाग्छ । नुन किन्न दुई दिन खर्चिनु परे पनि उनले चाहे जति नुन भने खरिद गर्न पाउँदिनन् । किन भने एउटा नागरिकताबाट एक जनाले ८ प्याकेट मात्रै नुन खरिद गर्न पाउँछ ।

नुन किन्न लाइनमा पालो कुरेर बसेकी जैसी भन्छिन्, ‘पहिला चामल किन्न यसरी नै लाइन बस्नुपर्थ्यो, अहिले नुन किन्न लाइनमा बस्नुपर्ने बाध्यता छ ।’

पुल्तीसरा मात्रै नभई

खार्पुनाथ-१ देउखुरीका कृष्णप्रसाद जैसी पनि नुन किन्ने लाइनमा उभिरहेका थिए । उनको गुनासो पनि पुल्तीसाराको जस्तै थियो । ८ पाकेट नुन किन्न दुई दिन खर्चिनु पर्ने उनको गुनासो छ । ‘एक दिन सिमकोट आउन समय लाग्छ । फर्किन पनि त्यति नै समय लाग्छ । जसले गर्दा ८ पाकेट नुन किन्न दुई दिन खर्चिनुपर्छ,’ उनी दुःख पोख्छन् ।

सिमकोट गाउँपालिका- ८ का तुलराज बुढा पनि अनुदानको नुन किन्न ३/४ घण्टा पैदल हिँडेर सिमकोट आएको बताउँछन् ।

एउटा नागरिकताबाट ८ प्याकेट नुन किनेर खानुपर्ने बाध्यता रहेको बुढाको दुखेसो छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?