+
+
Shares

क्रिप्टो बजारमा गिरावट : बिटकोइन र इथरियममा ५ प्रतिशतसम्म ह्रास

ट्रम्पको नयाँ भन्सार नीति (१५ प्रतिशत ट्यारिफ), मध्यपूर्वमा बढ्दो तनाव र ठुला कम्पनीले आफ्नो सबै बिटकोइन बेच्नु यस गिरावटको मुख्य कारण मानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज क्रिप्टोकरेन्सी बजारमा बिटकोइनको मूल्य ६५ हजार ७४७ डलरमा र इथरियम एक हजार ८७९ डलरमा झरेको छ।
  • पछिल्लो २४ घण्टामा करिब एक लाख ३७ हजार व्यापारीले ४८१ मिलियन डलरभन्दा बढी लगानी गुमाएका छन्।
  • ट्रम्पको नयाँ भन्सार नीति, मध्यपूर्व तनाव र ठूला कम्पनीले बिटकोइन बिक्री गर्दा बजारमा गिरावट आएको छ।

११ फागुन, काठमाडौं । आज क्रिप्टोकरेन्सी बजारमा ठुलो गिरावट आएको छ ।  बिटकोइनको मूल्य ६५ हजार ७४७ डलरमा झरेको छ, भने इथरियम एक हजार ८७९ डलरमा व्यापार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा करिब एक लाख ३७ हजार भन्दा बढी व्यापारीले आफ्नो लगानी गुमाएका छन् ।

यसको कुल मूल्य ४८१ मिलियन डलर (करिब ६४ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी छ ।

ट्रम्पको नयाँ भन्सार नीति (१५ प्रतिशत ट्यारिफ), मध्यपूर्वमा बढ्दो तनाव र ठुला कम्पनीले आफ्नो सबै बिटकोइन बेच्नु यस गिरावटको मुख्य कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?