+
+
Shares

पाँचथर पुगेका कुलमानले भने- हामी काम गर्न आएका हौं

पाँचथरको फिदिममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन्जी आन्दोलनपछि नयाँ दलको रुपमा देशको विकासका स्पष्ट योजनासहित चुनावमा होमिएको बताएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:२६

१२ फागुन, पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू गफ गर्न, फेसबुक चलाएर सेलिब्रटी हुन नभई काम गर्नका लागि राजनीतिमा आएको बताएका छन् । पाँचथरको फिदिममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन्जी आन्दोलनपछि नयाँ दलको रुपमा देशको विकासका स्पष्ट योजनासहित चुनावमा होमिएको बताएका हुन् ।

‘जेन्जी आन्दोलनको उद्देश्य र जनताको मागअनुसार हामी स्थापित भएका छौँ,’ उलने भने, ‘हामी भाषणमा होइन काम र परिणाममा विश्वास गर्छौ । हामी देशको सेवक बन्नलाई आएका हौँ । जेन्जी आन्दोलनको बलिदानलाई सम्मान गर्नका लागि भोट मागिरहेका छौँ ।’

यो देशको समृद्धि, सुशासन कायम गर्न र भष्ट्रचारविरुद्ध लडेर देशमा समतामुलक समाज बनाउनका  उज्यालो पार्टीलाई समर्थन गर्न पनि उनले आह्वान गरे । लोडसेडिङ अत्यको विशषलाई प्रमुखताका साथ उठाएका उनले समृद्धशाली देश बनाउने रोडम्याप तयार पारिसकेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?