+

आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथोमा यथावत्

२०८२ फागुन  १३ गते १३:५६ २०८२ फागुन १३ गते १३:५६
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथोमा यथावत्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन्।
  • दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाए र बलिङमा २ विकेट लिए।
  • आईसीसी टी-२०आई अलराउन्डर वरियतामा जिम्बाबेका सिकन्दर राजा पहिलो, पाकिस्तानका सायम अयुब दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन्।

१३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोमै रहेका हुन् ।

आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि गत साता दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।

दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो । उक्त अंक यस साता पनि कायम छ ।

पछिल्लो सातादेखि नेपालले कुनै खेल खेलेको छैन । अन्यको वरियता परिवर्तन हुँदा पनि उनको वरियतामा भने फेरबदल भएन ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा उक्लिएका छन् । उनको २९४ रेटिङ अंक छ । पाकिस्तानका सायम अयुब दोस्रोमा झरेका छन् । उनको २८१ रेटिङ अंक छ ।

तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । उनको २७२ अंक छ । पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ छन् ।

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय