काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा ‘होली धमाका’ आयोजना हुने भएको छ । २८ फेब्रुअरीमा ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रङको चाड होली मनाउन आउनेले इन्डोनेसियाको बाली जान २ वटा टिकट पाउने छन् । होलीको कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
सिड्नी होली धमाकामा करन भट्ट, डिजे नटकेस, मुक्ति एण्ड रिवायलका ड्रमर निखिल तुलाधर लगायत स्थानीय कलाकारले प्रस्तुतिहरू दिने छन् ।
रगंहरूको पर्वलाई अझै उत्सवमय बनाउन होली धमाका आयोजना गरिएको उनको भनाइ छ ।
प्रवासी जीवनको ब्यस्तता र समयको अभावका कारण पनि प्रवासी नेपालीहरू रंगको पर्व मनाउनलाई होली धमाका आयोजना गरिएको उनले बताए ।
नेपालीले प्रवासमा रहेर चाडबाड मनाउन पाउन भनेर यस होली धमाकाको आयोजना गरिएको श्रेष्ठले बताए ।
नेपालीहरूले प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई नभुलुन् भनेर यस्ता पर्वलाई निरन्तरता दिनु परेको उनको भनाइ छ ।
प्रतिक्रिया 4