+
+
Shares

रविलाई गगनको जवाफ : एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई जवाफ फर्काएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशको सुर्खेतमा चुनावी सभामा रवि लामिछानेलाई संविधान र कानुनमा बदलाव ल्याउनुपर्ने बताएका छन्।
  • थापाले संविधान बनाउँदाका अनुभवका आधारमा सुधार गर्नुपर्ने बताउँदै, केही साथीको हल्का छलफलले काम नलाग्ने उल्लेख गरे।
  • उनले पाँच वर्ष काम गरेर संविधानमा आवश्यक बदलाव गर्ने योजना रहेको र बोल्न सजिलो भए पनि काम गर्नुपर्ने बताए।

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई जवाफ फर्काएका छन् । विकास निर्माणको सन्दर्भमा केही दिनअघि थापाले कानुन परिवर्तन गर्नुपर्नेछ भन्ने अभिव्यक्तिलाई लिएर लामिछानेले बल्ल यो कुरा थाहा भएछ भनेर टिप्पणी गरेका थिए ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लामिछाने‍लाई जवाफ दिएका हुन् ।

‘म प्रधानमन्त्री बन्छु, जादु गर्छु, चटक गर्छु भनेर होइन, गर्नुपर्ने के छ ? संविधानमा केही बदलाव ल्याउनुपर्ने छ,’ उनले भने, ‘म संविधान र कानुनमा बदलाव ल्याउनका लागि पाँचवर्ष केही काम गरौँ भन्छु– एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ- यत्रो वर्ष के गरिस् ?’

उनले बोल्न सजिलो भएको बताउँदै थपे, ‘संविधान बनाउँदाका दु:ख र दर्द, संविधान बनाउँदाका समस्या, संविधानमा आफैँले गरेको अनुभव त्यो अनुभवका आधारमा सच्याउने कुराको भएकामा यस्ता हल्का छलफलले कहीँ पनि पुर्‍याउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?